नेभिगेशन
अर्थतन्त्र

सिद्धार्थ बैंकलाई अवार्ड

काठमाडौं । सिद्धार्थ बैंकले विश्वप्रसिद्ध भुक्तानी सेवा प्रदायक भिसा इन्टरनेशनलको एशोसिएट ग्राहकका रूपमा तीन वटा अवार्ड प्राप्त गरेको छ ।

डिजिटल भुक्तानी सेवामा देखाएको उत्कृष्ट प्रदर्शन, व्यावसायिक साझेदारीप्रतिको प्रतिबद्धता र ग्राहक केन्द्रित सेवाको मूल्यांकनको आधारमा अवार्ड प्राप्त गरेको बैंकले जनाएको छ । बुधबार काठमाडौंमा आयोजित भिसा लिडर्सिप कनक्लेभको अवसरमा बैंकले सो पुरस्कार प्राप्त गरेको हो । बैंकको डिजिटल भुक्तानी सेवा, कार्ड व्यवसाय एवं व्यावसायिक साझेदारीमा देखाएको उत्कृष्ट प्रदर्शनका आधारमा ग्राहक क्रेडिट कार्ड, प्रिपेड कार्ड र पस एक्वाइरिङमा उतकृष्ट प्रदर्शन गरेबापत पुरस्कार प्राप्त गरेको हो ।

२०८२ असार मसान्तसम्म बैंकहरूले तीन लाख १८ हजार क्रेडिक कार्ड जारी गरेकोमा सिद्धार्थ बैंकले मात्रै ६० हजार वितरण गरेको छ । क्रेडिट कार्ड जारी हुनुमा बैंकको बजार हिस्सा १९ प्रतिशत र कारोबार हिस्सा १५ प्रतिशत रहेको छ ।

यस्तै २०८२ असार मसान्तसम्म बैंकहरूले २ लाख ५० हजार प्रिपेड कार्ड जारी गरेकोमा सिद्धार्थ बैंकको मात्रै ३४ हजार छ । यस्तै एक करोड २५ लाख पस कारोबार भएकोमा सिद्धार्थ बैंकबाट मात्रै ९ लाख ३६ हजार कारोबार भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्