नेभिगेशन
विश्व

इरान–इजरायल युद्धले त्राहिमाम ! नेपालीहरुको यस्तो छ अवस्था !

काठमाडौं । इरानमाथि इजरायलले आक्रमण गरेपछि स्थिति तनावग्रस्त नै छ । मध्यपूर्वमा तनावमात्रै देखिएको छैन, यो युद्धले विश्व दुई ध्रुवमा बाँडिने स्थिति बन्न पुगेको छ । इरानमाथि इजरायलको आक्रमणपछि इरानले प्रत्यक्रमण गरिरहेको छ । इजरायलको राजधानी तेल अभिभमै मिसाइन आक्रमण भएको अवस्थामा अहिले त्यहाँस्थित नेपालीहरु कस्तो अवस्थामा छन त ? 

इजरायलले इरानका आणविक भट्टीदेखि सैन्य केन्द्रहरुमा गरेको ड्रोन र मिसाइल आक्रमणपछि इरानले ठूलो क्षति व्यहोर्न पुग्यो । इरानमाथि इजरायलले २ सय बढि फाइटर जेटको प्रयोग गर्दै आक्रमण गरेको दाबी गर्दै गर्दा इरानले पनि जवाफी आक्रमण गरिरहेको छ । कडा हवाई प्रतिरक्षा रहेको भनिएको इजरायलमाथि इरानले ब्यालेस्टिक मिसाइल हानेर आफ्नो शक्ति प्रदर्शन गरिदिएपछि इजरायलमा तनाव फैलिएको छ । 

हमास, हुथी, हिजबुल्लाह जस्ता समूहमाथि आक्रमण गरेजस्तो ठानेको इजरायललाई इरानको कडा प्रतिक्रियापछि तनाव चुलिन पुगेको हो । 

यस्तो स्थितिमा अमेरिकासहित पश्चिमा मुलुकले इजरायललाई समर्थन गर्दै गर्दा चीन, पाकिस्तान जस्ता मुलुकले इरानको पक्षमा खुलेर बोलिरहेका छन् । इजरायलले इरानको सार्वभौमिकतामाथि प्रहार गरेको भन्दै आक्रोश पोखिरहेका छन् । यसले कतै विश्व युद्धको औपचारिक घोषणा नै हुने त होइन भन्ने शंकाहरु समेत उब्जिएका छन् । तर, इजरायलले बलियो हवाई प्रतिरक्षा प्रणाली आइरन डोमदेखि अन्य प्रणाली रहेको ठानिरहेको अवस्थामा उसको सुरक्षामाथि इरानले धावा बोल्नुले चुनौति थपिएको छ इजरायलमाथि । 

इरानले इजरायलको हवाई प्रतिरक्षा प्रणालीलाई छल्ने गरि ब्यालेस्टिक क्षेप्यास्त्र विकास गरेको र ती क्षेप्यास्त्र प्रहार गरेको दाबी गरिरहेको छ । भने इजरायलको मध्यभागमा इरानी प्रहारले निशाना ताक्न थालेपछि त्यहाँ स्थित नेपालीहरुले अहिलेसम्मकै डरलाग्दो स्थिति देखिएको बताइरहेका छन् । 

इजरायलको सरकारी स्वामित्वमा रहेको कान टिभीले समेत इरानी आक्रमणका कारण केहिको हताहती भएको स्वीकार गरेको छ भने घाइतेहरुको उपचार चलिरहेको भनिएको   छ । आक्रमणबाट धेरै घरहरूमा ठूलो क्षति पुगेको छ । इजरायली सेनाकाअनुसार इरानले आक्रमणको क्रममा पाँचवटा ब्यारेजमा सयौं मिसाइल प्रहार गरेको थियो । 

इजरायली हवाई आक्रमण गएको शुक्रवार बिहान तेहरान र अन्य धेरै शहरहरूलाई लक्षित गरी गरिएको आक्रमणको बदलामा गरिएको थियो । इरानी अधिकारीहरूले इजरायली आक्रमणमा धेरै वरिष्ठ सैन्य कमाण्डरहरू, आणविक वैज्ञानिकहरू र दर्जनौं नागरिकहरूको मृत्यु भएको बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्