नेभिगेशन
अर्थतन्त्र

महिला सहकारीको लाभांश पारित

काठमाडौं । महिला सहकारी संस्थाको ३० औं वार्षिक साधारणसभा बुधबार कालिमाटी बैंक्वेटमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट शेयरधनीहरूलाई चुक्ता पुँजीको चार प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ ।

आर्थिक वर्ष २०८१/८२ मा सहकारीले २५ करोड ४५ लाख ४९ हजार रुपैयाँ आम्दानी २३ करोड ७३ लाख ९२ हजार रुपैयाँ खर्च गरेको छ । सहकारीले कुल एक करोड ७१ लाख ५७ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । जसबाट आयकरबापत एक करोड आठ लाख ७१ हजार रुपैयाँ सरकारलाई बुझाएको सहकारीले जनाएको छ ।

सहकारीले कुल एक अर्ब ३२ करोड ५२ लाख ४७ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ५२ करोड ८३ लाख ७५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । काठमाडौं उपत्यकामा सीमित बैंकिङ कारोबारसँगै संस्थाले विपन्न महिलाहरूका लागि लघुवित्त कार्यक्रम सञ्चालन गर्दै सामूहिक जमानीमा बिना धितो ऋण प्रदान गर्दै आएको छ । सहकारीले यसै आर्थिक वर्षदेखि ग्रामीण तथा शहरी क्षेत्रका लघुवित्त सदस्यहरूका मेधावी छात्राहरूलाई नियमित छात्रवृत्ति वितरण कार्यक्रम जारी राखेको र ९ वटा सेवा केन्द्रमार्फत कक्षा २ देखि १० सम्मका ७६ जना र कक्षा ११ का ९ जना छात्राहरूलाई कापी, कलम, झोला तथा २,५०० देखि ५,००० रुपैयाँसम्म नगदसहित छात्रवृत्ति प्रदान गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्