नेभिगेशन
राजनीति

रसुवागढी ड्राइपोर्ट सफाइ सुरु

रसुवा । रसुवागढीस्थित भन्सार कार्यालयसँगैको सुक्खा बन्दरगाहको सफा गर्ने काम चार महिनापछि बल्ल सुरु भएको छ । गत असार २४ मा ल्हेन्देखोलामा आएको बाढीले बन्दरगाह परिसरमा थुपारेको ढुंगा, बालुवा, फलामका रड, काठपातलगायतका वस्तु हटाउने काम सुरु भएको हो ।

नेपाल–चीन जोड्ने मितेरी पुल बगाएपछि बेलीब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेसँगै सुक्खा बन्दरगाह सफा गर्न थालिएको रसुवा भन्सार कार्यालयले जनाएको छ ।

सफाइ गर्ने जिम्मेवारी पाएको नेपाल इन्टरमोडल ट्रान्सपोर्टका प्रबन्ध निर्देशक आशीष गजुरेलका अनुसार १५० वटा कन्टेनर पार्किङ गर्न बन्दरगाह सफाइ सुरु गरिएको हो । बाढीले रसुवागढी भन्सारको सुक्खा बन्दरगाहमा ६० प्रतिशत नोक्सान गरेको भन्दै उनले छिटै काम सक्ने बताए । बाढीपहिरोबाट क्षतिग्रस्त स्याफ्रुबेँसी–रसुवागढी सडक सुधार कार्य सामान्य रूपमा मात्र भएका २० टन सामान बोक्ने मालवाहक कन्टेनर डिब्बा चल्ने बातावरण तयार गरिदिन ढुवानी व्यवसायीले माग गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्