नेभिगेशन
अर्थतन्त्र

सप्तकोशी सिमेन्टको आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

काठमाडौं । सप्तकोशी सिमेन्ट लिमिटेडले सार्वजनिक प्राथमिक शेयर (आईपीओ) निष्कासनका लागि सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले चुक्ता पुँजीको २० प्रतिशत हुन आउने शेयर सर्वसाधारणमा निष्कासन गर्ने योजना छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित कम्पनीको कार्यालयमा बिक्री प्रबन्धक नियुक्तिको सम्झौता भएको हो । सम्झौतापत्रमा सप्तकोशी सिमेन्टका अध्यक्ष मोना जालान र सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सन्दीप कार्कीले हस्ताक्षर गरेका छन् । सिमेन्ट उत्पादक कम्पनी सप्तकोशीको दैनिक उत्पादन क्षमता ६०० टन छ । कम्पनीले नेपाल गुणस्तरको निर्धारित मापदण्ड अनुसार पीपीसी ४३ ग्रड र ५३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।

सन् २०१९ देखि नाफामा रहेको कम्पनीले पूर्वी नेपालमा करिब २० प्रतिशत बजार हिस्सा ओगटेको जारी विज्ञप्तिमा उल्लेख छ । गत आव २०८१/८२ मा कम्पनीले अघिल्लो वर्षको तुलनामा २७ प्रतिशत बढी बिक्री लक्ष्य हासिल गरेको छ ।

प्रस्तावित आइपीओबाट उठ्ने पुँजी नयाँ क्लिंकर प्लान्ट स्थापना तथा हाल सञ्चालनमा रहेको प्लान्टको क्षमता विस्तार गर्न प्रयोग गरिने जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्