नेभिगेशन
अर्थतन्त्र

सानेपामा नास आईटी एक्स्पो

काठमाडौं । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सूचनाप्रविधि मेला नास–आईटी एक्स्पो–२०२५ सुरु भएको छ । नेपाल एशोसिएशन फर सफ्टवेयर तथा सूचना प्रविधि सेवा कम्पनी नास–आइटीको आयोजनामा भएको दुईदिने प्रविधि प्रदर्शनीमा देशभरका तीन दर्जनभन्दा बढी सूचनाप्रविधि संस्थाहरूको सहभागिता छ ।

एक्स्पोमा पहिलो दिन उद्योगका प्रमुख व्यक्तित्व, नीतिनिर्माता, लगानीकर्ता तथा नवप्रवर्तनकर्ताहरूको उपस्थिति थियो । नास–आईटीका अध्यक्ष गौरव पाण्डेले प्रविधि क्षेत्रको सहकार्य र प्रगतिलाई अघि बढाउने साझा मञ्चका रूपमा एक्स्पो महत्त्वपूर्ण रहेको बताए ।

शीर्ष प्रायोजक ‘टिग’की सहसंस्थापक प्रार्थना साखले प्रविधिमा उदाउँदै गरेका नेपाली प्रतिभा तथा नवप्रवर्तनलाई समर्थन गर्नु सबैको साझा दायित्व भएको बताइन् । उद्घाटन कार्यक्रममा डिजिटल भुक्तानी, विदेशी बजारमा पहुँच, अन्तर्राष्ट्रिय प्रविधि सहकार्य तथा उदाउँदो अवसरबारे विभिन्न विषयगत प्रस्तुति तथा छलफलहरू गरिएको छ । प्रदर्शनीमा प्रविधि समाधान, नयाँ उत्पादको प्रदर्शन, संस्थागत भेटघाट तथा एआई आधारित सेवाहरूको अवलोकनको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्