नेभिगेशन
अर्थतन्त्र

सिन्धुलीको आदर्शनगरमा कजारियाको शोरूम

काठमाडौं । प्रिमियम टाइल ब्रान्ड कजारियाले सिन्धुलीको आदर्शनगर–६ मा अत्याधुनिक शोरूम खोलेको छ । शाह आइरन एण्ड इलेक्ट्रोनिक स्टोर्सद्वारा सञ्चालित उक्त शोरूमले जिल्लामा बढ्दो उच्च–गुणस्तरीय टाइलको माग पूरा गर्दै आधुनिक र आकर्षक विकल्पहरू ग्राहकसमक्ष उपलब्ध गराउने लक्ष्य राखेको छ ।

कजारियाका कन्ट्री म्यानेजर अभ्यास तिवारीले शोरूम उद्घाटन गरेका हुन् । कार्यक्रममा स्टोर्सका सञ्चालक करिराम शाहले कजारियासँगको साझेदारीलाई गौरवको विषय बताउँदै ग्राहकलाई खोजेको जस्तै सेवा दिने बताए । कन्ट्री म्यानेजर तिवारीले कजारियाको ग्राहक सन्तुष्टि, गुणस्तर तथा बजार विस्तारप्रतिको प्रतिबद्धतामाथि प्रकाश पारे । निर्माण तथा इन्टेरियर डिजाइनका क्षेत्र मुलुकमा तीव्र गतिमा भइरहेको विकाससँगै कजारियाले अत्याधुनिक उत्पादनमार्फत बजारको माग पूरा गरिरहेको उनले बताए । शोरूममा कजारियाका प्रिमियम टाइलहरूको विस्तृत विवरण ग्राहकले हेर्न र जानकारी लिन पाउने सुविधा छ । इन्टेरियर आवश्यकतानुसार छनोट गर्न मिल्ने संग्रह राखिएको छ । कजारिया रामेश टाइल्स लिमिटेडले नेपालमै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट सञ्चालन गर्दै ४ हजारभन्दा बढी डिजाइन विकल्प बजारमा ल्याएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्