नेभिगेशन
राजनीति

‘विशेष महाधिवेशन रोक्न मिल्दैन’

काठमाडौं । कांग्रेसका विशेष महाधिवेशन पक्षधर प्रदेश तथा जिल्ला सभापतिहरूले पुस २८ भित्र विशेष महाधिवेशन कसैले रोक्न नमिल्ने बताएका छन् । २६ जिल्ला सभापति र एक प्रदेश सभापतिले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।

जिम्मेवार पार्टी कांग्रेसले डेढ महिनासम्म केन्द्रीय कार्यसमितिको बैठकमार्फत महाधिवेशनको कार्यतालिका तोक्न नसक्नु दुःखद भएको बताउँदै उनीहरूले असोज २९ गते दर्ता गरेको विशेष महाधिवेशनको मागलाई टार्ने प्रयत्न भइरहेको भन्दै आपत्तिसमेत जनाएका छन् । ‘ऐतिहासिक, लोकतान्त्रिक र जिम्मेवार पार्टी यस्तो संवेदनशील समयमा द्रुत गतिमा निष्कर्षमा पुगेर अरूलाई समेत दिशानिर्देश गर्दै नयाँ ऊर्जाका साथ निर्वाचनको तयारीमा लाग्नुपर्नेमा महिनाैँसम्म आफ्नै महाधिवेशनका सन्दर्भमा अनिर्णयको बन्दी बन्नु अत्यन्त दुःखद विषय हो,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्