नेभिगेशन
राजनीति

ओलीले भने–‘खुइल्याउने, होच्याउने नगरौं’

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आसन्न ११औं राष्ट्रिय महाधिवेशनले उन्नत र रुपान्तरित एकता प्रदर्शन गर्ने बताएका छन् । पार्टीको केन्द्रीय प्रचार समितिद्वारा आइतबार पार्टी कार्यालय च्यासलमा आयोजित महाधिवेशनको प्रतीक चिह्न सार्वजनिकीकरण कार्यक्रममा अध्यक्ष ओलीले सहमतिका नाममा एमालेभित्र प्रतिस्पर्धा गर्न दिइन्न वा जसरी पनि चुनावै हुनुपर्छ भन्ने प्रचार या सोच गलत रहेको बताए । अध्यक्षका हैसियतमा आफ्नो प्रयास, सहमति, एकता, रुपान्तरण र पुस्तान्तरणका लागि केन्द्रित हुने उनले स्पष्ट पारे । ‘सर्वसम्मतिका नाममा सेन्टिमेन्टल हिसाबले कसैलाई रोक्ने वा छेक्ने काम हुँदैन । स्वच्छ प्रतिस्पर्धा हुनेछ । एमालेमा प्रजातन्त्र छैन । चुनावै लडेनन् वा कसैलाई चुनाव लड्न दिएनन् भनिरहनु पर्दैन,’ उनले भने, ‘चुनाव लड्न पाइन्छ तर अध्यक्षका रुपमा मेरो आग्रह छ – एकताबद्ध भएर जाऔँ । एकार्कामा नकारात्मक टीकाटिप्पणी गर्ने, खुइल्याउने, होच्याउने र अपमान गर्ने जस्ता काम कसैले नगरौँ ।’ कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि थिए । पोखरेलले पार्टी नेतृत्वमा ओलीलाई चुनौती दिने भएका छन् । मंसिर २७–२९ काठमाडौंमा हुने महाधिवेशनका लागि शनिबार मातहतका कमिटीमा प्रतिनिधि छनोट एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आसन्न ११औं राष्ट्रिय महाधिवेशनले उन्नत र रुपान्तरित एकता प्रदर्शन गर्ने बताएका छन् । पार्टीको केन्द्रीय प्रचार समितिद्वारा आइतबार पार्टी कार्यालय च्यासलमा आयोजित महाधिवेशनको प्रतीक चिह्न सार्वजनिकीकरण कार्यक्रममा अध्यक्ष ओलीले सहमतिका नाममा एमालेभित्र प्रतिस्पर्धा गर्न दिइन्न वा जसरी पनि चुनावै हुनुपर्छ भन्ने प्रचार या सोच गलत रहेको बताए । अध्यक्षका हैसियतमा आफ्नो प्रयास, सहमति, एकता, रुपान्तरण र पुस्तान्तरणका लागि केन्द्रित हुने उनले स्पष्ट पारे । ‘सर्वसम्मतिका नाममा सेन्टिमेन्टल हिसाबले कसैलाई रोक्ने वा छेक्ने काम हुँदैन । स्वच्छ प्रतिस्पर्धा हुनेछ । एमालेमा प्रजातन्त्र छैन । चुनावै लडेनन् वा कसैलाई चुनाव लड्न दिएनन् भनिरहनु पर्दैन,’ उनले भने, ‘चुनाव लड्न पाइन्छ तर अध्यक्षका रुपमा मेरो आग्रह छ – एकताबद्ध भएर जाऔँ । एकार्कामा नकारात्मक टीकाटिप्पणी गर्ने, खुइल्याउने, होच्याउने र अपमान गर्ने जस्ता काम कसैले नगरौँ ।’

कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि थिए । पोखरेलले पार्टी नेतृत्वमा ओलीलाई चुनौती दिने भएका छन् । मंसिर २७–२९ काठमाडौंमा हुने महाधिवेशनका लागि शनिबार मातहतका कमिटीमा प्रतिनिधि छनोट

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्