नेभिगेशन
अर्थतन्त्र

कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय पुरस्कार

काठमाडौं । कृषि विकास बैंकले दक्षिण एसियाली क्षेत्रीय लेखापरीक्षण संस्था साउथ एसियन फेडेरेशन अफ एकाउन्टेन्ट्स (साफा) द्वारा प्रदान गरिने तीन महत्वपूर्ण अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ । पाकिस्तानको इस्लामाबादमा २०२५ नोभेम्बर २७ मा आयोजित विशेष समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले उक्त सम्मान ग्रहण गरेका हुन् ।

बैंकले ‘उत्कृष्ट प्रस्तुत वार्षिक प्रतिवेदन पुरस्कार’, ‘एकीकृत प्रतिवेदन पुरस्कार’ र ‘कर्पोरेट गभर्नेन्सका लागि सार्क वार्षिकोत्सव पुरस्कार २०२४’ गरी सार्वजनिक क्षेत्रका बैंक श्रेणी अन्तर्गत तीन वटा अवार्ड प्राप्त गरेको हो ।

बैंकले यी पुरस्कार प्राप्त हुनुको अर्थ सेवा तथा सुविधामा पारदर्शिता, उत्कृष्टता, र सुदृढ सुशासनप्रति रहेको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको दाबी गरेको छ । यस्तै, बैंकलाई गुणस्तरयुक्त, विश्वसनीय तथा सरोकारवालामैत्री वित्तीय रिपोर्टिङ प्रणाली अझ मजबुत बनाउन प्रेरित गरेको पनि जनाएको छ ।

बैंकले यस्ता अन्तर्राष्ट्रिय मान्यताले भविष्यमा अझ प्रभावकारी र दिगो सेवा प्रवाह गर्ने दायित्व थप बढाएको बताएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्