नेभिगेशन
अर्थतन्त्र

एनएमबि बैंकको नयाँ पेमेन्ट गेटवे

काठमाडौं । एनएमबि बैंकले कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सुरु गरेको छ । नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा डिजिटल कारोबारलाई थप सुरक्षित र सहज बनाउन नयाँ पेमेन्ट गेटवे सुरु गरेको हो ।

बैंकका अनुसार यस प्रणालीमार्फत व्यवसायीहरूले स्वदेशी वा विदेशी जुनसुकै बैंकले जारी गरेको भिसा र मास्टरकार्ड प्रयोग गर्ने ग्राहकबाट भुक्तानी लिन सक्नेछन । भौतिक तथा अनलाइन दुवै प्रकारका व्यवसायीलाइ लक्षित गरी यस सुविधाले देशभित्र र विदेशबाट भुक्तानी गर्न सकिने गरीे व्यवसायीहरूलाई आफ्नो व्यवसाय विस्तार गर्न मद्दत पुग्नेछ ।

पेमेन्ट गेटवेमा थ्रीडी प्रविधि समावेश गरिएको छ, जसले कारोबारको प्रमाणीकरणका लागि ओटीपी वा पासवर्ड आवश्यक पर्दछ । यसरी कार्डबाट हुने कारोबारहरू धेरै सुरक्षित हुने र अनाधिकृत खरिदको जोखिमलाई कम गर्ने विश्वास बैंकको छ ।

यसले उपभोक्ता र व्यवसायी दुवैलाई ठूलो विश्वासका साथ अनलाइन व्यापार गर्न सुनिश्चित गर्ने  बैंकले जनाएको छ । बैंकले यो सहकार्य ई–कमर्सलाई बढावा दिन र नेपालमा वित्तीय कारोबारको डिजिटलाइजेसनलाई अगाडि बढाउन महत्वपूर्ण हुने विश्वास लिएको छ । सबैका लागि कार्ड भुक्तानीलाई अझ सजिलो र सुरक्षित बनाएर देशलाई डिजिटल अर्थतन्त्रको दिशामा अगाडि बढाउने लक्ष्य लिएको छ । आफ्ना ग्राहकहरूलाई यो सुरक्षित भुक्तानी विकल्प उपलब्ध गराउन चाहने अनलाइन व्यवसायीहरूले एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरू, १८४ एटीएमहरू र ९ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्