नेभिगेशन
अर्थतन्त्र

क्रिकेट खेलाडीलाई मेटलाइफको बीमा सुविधा

काठमाडौं । मेटलाइफ नेपालले नेपाल क्रिकेट संघ (क्यान)सँगको आफ्नो बीमा तथा साझेदारीलाई थप एक वर्षका लागि नवीकरण गरेको छ । उक्त नवीकरणले पुरुष तथा महिला दुवै राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरूलाई बीमा सुरक्षा उपलब्ध गराउनेछ ।

राष्ट्रिय टोलीका खेलाडीहरू विभिन्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय प्रतियोगितामा निडर आत्मविश्वासका साथ अघि बढ्दै आएका छन् । उनीहरूको प्रत्येक प्रदर्शन तथा उपलब्धिको पछाडि मेटलाइफ नेपालको बीमा सुरक्षा महत्त्वपूर्ण आधार बनेको क्यानले जनाएको छ ।

नेपाली क्रिकेट टोलीले आईसीसी टी–२० विश्वकपमा स्थान पक्का गरेको अवस्थामा बीमा सुविधा नवीकरण गरेर खेलाडीहरूलाई निरन्तर सुरक्षा दिन खोजेको मेटलाइफले जनाएको छ ।

पूर्व कप्तान तथा क्यानका सचिव पारस खड्काले मेटलाइफको सहयोगले खेलाडीहरूको आत्मविश्वासमा ठूलो योगदान पुगेको बताएका छन् । ‘हाम्रा खेलाडीहरू सुरक्षित छन् भन्ने थाहा पाएपछि उनीहरू खेलमा पूर्ण ऊर्जा र समर्पणका साथ केन्द्रित हुन सक्छन्’ उनले भने ।

मेटलाइफ नेपालका जनरल म्यानेजर निर्मल काजी श्रेष्ठले राष्ट्रिय टोलीप्रति संस्थाको प्रतिबद्धता दोहोर्‍याउँदै भने, ‘राष्ट्रिय क्रिकेट खेलाडीहरू राष्ट्रकै गौरव र दृढताका प्रतीक हुन् । उनीहरूको सुरक्षामा साथ दिन पाउनु हाम्रो गर्व हो । विश्वकपजस्ता आगामी ठूला प्रतियोगिताको तयारीमा रहेका खेलाडीहरूको आत्मविश्वास मजबुत बनाउन मेटलाइफ नेपाल निरन्तर उनीहरूका साथमा छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्