नेभिगेशन
अर्थतन्त्र

बुटवलमा हायात प्यालेस

बुटवल । नेपालमा हायात ब्रान्डको तेस्रो होटेलका रूपमा ‘हायात प्यालेस बुटवल’को औपचारिक उद्घाटन भएको छ । रुपन्देहीको बुटवलमा सञ्चालनमा आएको यो होटेलले ‘वल्र्ड अफ हायात’ सदस्य तथा देश–विदेशका यात्रुहरूलाई लक्षित गर्दै आधुनिक, व्यावहारिक र आरामदायी सेवाहरू उपलब्ध गराउने लक्ष्य राखेको छ ।

होटेलमा हायात प्यालेस ब्रान्डको मौलिक डिजाइन, निःशुल्क वाइफाइ, २४ घण्टा उपलब्ध खानाका परिकार तथा काम–आरामको सन्तुलन मिल्ने वातावरण उपलब्ध गराइएको छ । ३०० देखि ७७५ वर्ग फिटसम्मका किंग र ट्विन गेस्टरूम, फरेस्ट र हिल भ्यू विकल्प तथा १,५६० वर्ग फिटको प्रेसिडेन्सियल सुइट यसका विशेष आकर्षण हुन् । बिजनेस मिटिङ तथा कार्यक्रमका लागि १५० जनासम्म अटाउने ग्रान्ड बलरूमसमेत व्यवस्था गरिएको छ ।

‘हामीले व्यापारिक तथा लेजर दुवै खाले यात्रुहरूलाई उत्कृष्ट अनुभव दिलाउने लक्ष्य राखेका छौँ,’ होटलका जनरल म्यानेजर तुषार नगरले भने, ‘कोठा, खानपान विकल्प तथा कार्यक्रम स्थलहरूले हायात प्लेस बुटवललाई यात्रुको प्रमुख रोजाइ बनाउनेछ ।’ होटेलमा १०९ गेस्टरुम, निःशुल्क ब्रेकफास्ट, २४ घण्टा खुल्ने ‘द मार्केट’, ‘जिङ बार’, आउटडोर स्विमिङ पुल, फिटनेस सेन्टर, स्पा र बालबालिकाको खेल्ने क्षेत्र उपलब्ध छन् ।

होटेलको नेतृत्व जनरल म्यानेजर तुषार नगर र सेल्स डाइरेक्टर पार्थ ब्यानर्जीले सम्हालेका छन् । हायात प्लेसले व्यस्त यात्रुहरूलाई शैली, सुविधा र सहजताको संयोजनसहित विश्वभर ४४० भन्दा बढी स्थानमा सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्