नेभिगेशन
अर्थतन्त्र

भेटायो र हिमालयन एभरेष्ट इन्स्योरन्सबीच सहकार्य

काठमाडौं । होम आधारित सेवा प्लेटफर्म, भेटायो इंक प्रालिले आफ्ना विशेषज्ञ फ्रील्यान्स सेवा प्रदायकहरूको सुरक्षा र हितको लागि हिमालयन एभरेस्ट इन्स्योरेन्ससँग साझेदारी गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले गैर–जीवन बीमा कम्पनी व्यवसाय गर्दै आएको छ ।

साझेदारीमार्फत, भेटायोले आफ्नो एपमार्फत काम गर्ने सबै सेवा प्रदायकहरूको लागि दुर्घटना बीमा कवरेज सुरु गरेको छ । यस पहलले ग्राहकलाई सेवा प्रदान गर्न जाने हरेक पेशेवरलाई अतिरिक्त सुरक्षा प्रदान गर्नेछ र भेटायोको आफ्नो कार्यबलप्रतिको प्रतिबद्धतालाई अझ मजबुत बनाउनेछ भन्ने कम्पनीले विस्वास लिएको छ ।

भेटायोले आफ्नो सेवा विस्तारको लक्ष्यको पछाडी महत्त्वपूर्ण रूपमा रहेका सेवा प्रदायकलाई केन्द्रमा राखेको छ । ‘दुर्घटना बीमा उपलब्ध गराएर हामी चाहन्छौं कि हाम्रा प्रदायकहरू सुरक्षित रहुन र आफ्नो करियर विकास गर्न उत्साहित रहुन भन्ने चाहाना छ’, भेटायोका सहसंस्थापक, रोचनमान महर्जनले बताए ।

यो सहकार्यले भेटायोका सेवा प्रदायकहरूको आत्मविश्वास मात्र बढाउँदैन, नेपालमा सेवा उद्योगमा नयाँ मापदण्डसमेत तय गर्दछ, जहाँ कामदारको सुरक्षा, सम्मान र कल्याणलाई प्राथमिकता दिइन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्