नेभिगेशन
राजनीति

पाँच लाख माथिको कारोबार बैंकमार्फत

काठमाडौं । सरकारले पाँच लाख रुपैयाँभन्दा बढीको कारोबार बैंकबाट मात्रै गर्नुपर्ने व्यवस्था गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्ले माघ १ गतेदेखि लागू हुनेगरी एकपटकमा पाँच लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको सेवा वा वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा वित्तीय संस्था वा बैंकिङ उपकरणमार्फत गर्नुपर्ने निर्णय गरेको हो ।

अहिले १० लाख रुपैयाँभन्दा माथिको कारोबार बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थामा सुधार ल्याउन सरकारले यस्तो निर्णय गरेको हो ।

सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी मापदण्ड तय गर्ने अन्तर्राष्ट्रिय निकाय फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटीएफ)को समीक्षामा नेपाल ‘ग्रे लिस्ट’मा छ । यसमा सुधार गर्न पनि सरकारले नगद कारोबारमा सीमा तोकेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्