नेभिगेशन
प्रदेश

काठमाडौंका मेयर शाहलाई पितृशोक

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहलाई पितृशोक परेको छ । उनका पिता रामनारायण शाहको ७७ वर्षको उमेरमा सोमबार सिभिल अस्पतालमा निधन भएको हो ।

मधुमेह र पिसाबसम्बन्धी संक्रमणका बिरामी रामनारायणलाई आइतबार अस्प्ताल भर्ना गरिएको थियो । उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । सिंहदरबार वैद्यखाना विकास समितिको प्रबन्ध निर्देशक भएर काम गरेका रामनारायण आयुर्वेद चिकित्सक थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्