नेभिगेशन
अर्थतन्त्र

नेपाल लाइफद्वारा पुर्ननिर्माण कोषमा सहयोग

काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा एक करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ ।

इन्स्योरेन्सले सोमबार मन्त्रालयमा विशेष समारोहबीच सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघई, संचालक कमलेशकुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले अर्थमन्त्री रामेश्वर खनाललाई चेक हस्तान्तरण गरेका हुन् ।

गत भदौमा जेनजी प्रदर्शन र आन्दोलनको क्रममा देश भरीका सार्वजनिक भौतिक संरचनामा भएको क्षतिको पुर्ननिर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायत कार्यको लागि इन्स्योरेन्सले सो सहयोग प्रदान गरेको हो । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग रकम उपलब्ध गराएको हो ।

सो अवसरमा अध्यक्ष संघईले नेपाल लाइफले पुननिर्माणमा सहयोग गर्न पाउँदा खुशि लागेको बताए । उनले आगामी दिनमा पनि यस किसिमको सहयोग प्रदान गर्न कम्पनी तत्पर रहेको प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्