नेभिगेशन
अर्थतन्त्र

हुलास फिनसर्भको साधारणसभा

काठमाडौं – नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त कर्जा प्रदायक कम्पनी हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले मंसिर १२ गते काठमाडौंको भिभान्त होटलमा साधारणसमा सम्पनन भएको जनाएको छ ।

सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन, तथा नाफा–नोक्सान, नगद प्रवाह विवरण सहितका वित्तीय प्रतिवेदनहरूमाथि विस्तृत छलफल गरी स्वीकृत भएको छ ।

यस्तै, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति, सञ्चालक समिति सदस्यहरूको पुनर्नियुक्ति, तथा सभाको निर्णयमा हस्ताक्षर गर्ने  शेयरधनी प्रतिनिधिको मनोनयनसमेत अनुमोदन गरेको छ । साथै, सार्वजनिक निष्कासन सम्बन्धी विशेष प्रस्ताव पनि सभाबाट पारित भएको कम्पनीले जनाएको छ ।

हुलास फिनसर्भ हायर पर्चेजले सर्वसाधारणलाई सहज तथा शुलभ कर्जा सुविधा उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्