नेभिगेशन
राजनीति

वाइडबडी प्रकरणमा अख्तियारद्वारा पुनरावेदन

काठमाडौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणमा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

उक्त मुद्दामा केहीलाई मात्र दोषी ठहर गरेको र धेरैलाई सफाइ दिएको भन्दै विशेष अदालतको फैसलाविरुद्ध मंगलबार सर्वोच्चमा पुनरावेदनको निवेदन दिइएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए ।

उक्त मुद्दामा तत्कालीन पर्यटनमन्त्री जीवनकुमार शाहीसहित नेपाल वायुसेवा निगम सञ्चालक समितिका पदाधिकारी र १४ जना कर्मचारीलाई सफाइ दिइएको थियो । विशेष अदालतले आरोपी ११ जनालाई भने दोषी ठहर गरेको थियो ।

उक्त फैसला त्रुटिपूर्ण रहेको जनाउँदै अख्तियारले त्यसलाई बदर गरी सबैलाई सजाय हुनुपर्ने मागसहित पुनरावेदनपत्र दर्ता गरेको हो । २०८० चैत २२ मा अख्तियारले आरोपपत्र दायर गरेको थियो भने गत वर्षको मंसिर २० मा विशेष अदालतले फैसला सुनाएको थियो । विमान खरिद प्रकरणमा पूर्वमन्त्री शाही, पूर्वसचिव शंकरप्रसाद अधिकारी र शिशिरकुमार ढुंगानासहित २४ जना नेपाली तथा ६ विदेशी र विमान आपूर्तिकर्ता दुई विदेशी कम्पनीविरुद्ध मुद्दा चलाइएको थियो । मुद्दामा १ अर्ब ४७ करोड १० लाख ८५ हजार रुपैयाँ मागदाबीसहित मुद्दा दायर भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्