नेभिगेशन
राजनीति

भन्सार विभागद्वारा १७१ नासु सरुवा

काठमाडौं – भन्सार विभागले प्रशासन सेवा, राजस्व समूह, रा.प.अनं. प्रथम श्रेणी (नायब सुब्बा) पदमा कार्यरत १७१ जना कर्मचारीहरूको सरुवा गरेको छ । सरुवा हुनेमा भन्सार विभागअन्तर्गतका ३५ जना परेका छन् भने विभागमै कार्यरत ११ जना परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका ३०, भैरहवा, वीरगंज, रसुवा र मेची भन्सारका ९/९, नेपालगञ्ज भन्सारका ७ जना परेका छन् ।

विभागको गत आइतबारको निर्णयानुसार गरिएको यो फेरबदलले देशभरका भन्सार कार्यालयहरूमा प्रशासनिक फेरबदल ल्याउने भएको छ । लामो समयसम्म एउटै कार्यालयमा रहँदा अनियमितताको जोखिम बढ्ने भएकाले कर्मचारी सरुवा गर्ने विभागको नियमित प्रक्रिया भए पनि यस पटक एकैसाथ ठूलो संख्यामा सरुवा गरिएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्