नेभिगेशन
राजनीति

समानुपातिकको चुनाव आइतबारदेखि

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ देखि सुरु हुने भएको छ । निर्वाचन आयोगका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको समानुपातिक प्रणालीमा भाग लिन चाहने दलले मंसिर २१–२३ गतेसम्म निवेदन दिन सक्नेछन् ।

प्राप्त निवेदन मंसिर २६ गतेसम्म स्वीकृत गरिने र पुस १३–१४ गते उम्मेदवारको बन्दसूची पेस गर्ने समय तोकिएको छ । त्यस्तै, माघ ४ गते प्रारम्भिक सूची प्रकाशित गरिने छ भने त्यस उपर दाबीविरोध र उजुरीको छानबिन गरी माघ २० गते उम्मेदवारहरूको अन्तिम बन्द सूची प्रकाशन गरिने आयोगले जनाएको छ । त्यस्तै, प्रत्यक्षतर्फ भने आगामी माघ ६ गते उम्मेदवारी मनोनयनको कार्यतालिका छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्