नेभिगेशन
प्रदेश

अनुदानका गहुँ र मकैको बिउ वितरण

विराटनगर – किसानका लागि विराटनगर महानगरपालिकाले ५० प्रतिशत अनुदानमा गहुँ र मकैको बिउ वितरण सुरु गरेको छ ।

महानगर परिसरमा एउटा कार्यक्रम आयोजना गररे वितरण थालिएको हो । कार्यक्रममा उपप्रमुख शिल्पा निराला कार्की र आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे, आर्थिक विकास महाशाखा प्रमुख प्रतीक गड्तौलाले अनुदानको बिउ वितरण सुरु गरे ।

कृषिप्रति आकर्षण जगाउन अनुदानमा बिउ वितरण गरिएको महानगरले जनाएको छ । वितरण गर्न १० हजार ६ सय ३८ केजी गहुँ र ७ सय १४ केजी मकैको बिउको कोटा रहेको कृषि तथा पशुपन्छी शाखाका संयोजक हीरालाल यादवले जानकारी दिए । उक्त बिउ ३६ समूहमा आबद्ध किसानले पाउनेछन् । साथै छुट्टै वडाको सिफारिसमा १० जना कृषकलाई पनि अनुदानको बिउ वितरण गर्ने तालिका छ । यादवका अनुसार महानगर क्षेत्रभित्र ९ सय हेक्टरमा गहुँ र ३ सय हेक्टरमा मकै खेती हुने गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्