नेभिगेशन
अर्थतन्त्र

एनसेल एपको डाउनलोड एक करोड नाघ्यो

काठमाडौं – एनसेलको सेल्फ–सर्भिस मोबाइल एप ‘एनसेल एप’को एक करोड डाउनलोड भएको छ । यससँगै एनसेल एप नेपालमा सबैभन्दा बढी प्रयोग हुने डिजिटल प्लेटफर्ममध्ये पर्न सफल भएको छ । ग्राहकको डिजिटल यात्रालाई अझ सहज र आधुनिक बनाउनका लागि तयार पारिएको यो एप प्रयोगकर्ताहरूका लागि भरपर्दो डिजिटल टुलका रूपमा लोकप्रिय बन्दै गइरहेको छ ।

एनसेल एपमार्फत ग्राहकहरूले कुनै कोड डायल नगरी, एनसेल सेन्टर वा आधिकारिक बिक्रेताकोमा नगई सजिलै विभिन्न सेवाहरू लिन सक्छन् । साधारण ब्यालेन्स रिचार्जदेखि प्याक खरिद, उजुरी दर्ता, ब्यालेन्स ट्रान्सफर, अनलाइन/अफलाइन गेम, सेवा सक्रिय/निष्क्रिय गर्ने सुविधा लगायतका धेरै सेवाहरू उपलब्ध भएकाले यो एप सहज र निर्बाध डिजिटल सेवा अनुभव चाहने ग्राहकहरूको पहिलो रोजाइ बनेको छ ।

एनसेलले एक करोड डाउनलोड नाघेको अवसरमा १० दिने उत्सव कार्यक्रमको घोषणा पनि गरेको छ । यस अन्तर्गत हरेक दिन १० जना भाग्यशाली ग्राहकले १० दिनसम्म प्रयोग गर्न सकिने १० जीबी अल टाइम डेटा पाउनेछन् । पहिलो पटक एप डाउनलोड गरी लग–इन गर्ने ग्राहकहरू वा एपमार्फत कुनै न कुनै प्याक खरिद गर्ने ग्राहकहरू १० जीबी डेटा जित्न योग्य हुनेछन् ।

एनसेलका चीफ डिजिटल च्यानल्स एन्ड एक्सपिरियन्स अफिसर स्टिवन रोड्रिगेजले एपमार्फत एक करोडभन्दा बढी ग्राहकहरू जोडिएकाले एनसेल एप ग्राहकहरूको डिजिटल दैनिकीको महत्वपूर्ण हिस्सा बनेको बताए । दूरसञ्चार सेवालाई अझ उत्कृष्ट बनाउँदै, एपले ग्राहकहरूको डिजिटल यात्रालाई सरल बनाउन सहयोग पुर्‍याएको र सरकारको ‘डिजिटल नेपाल’ भिजनलाई प्रत्यक्ष र अप्रत्यक्षरूपमा योगदान गरेको उनले दाबी गरे ।

एनसेल एप सहज प्रयोग, क्विक नेभिगेसन र ग्राहक अनुभव उत्कृष्ट बनाउने किसिमले डिजाइन गरिएको छ । यसले ग्राहकहरूलाई आफ्नो सेवाको प्रयोग, सब्सक्रिप्सन, सक्रिय प्याकहरू सहजरूपमा हेर्न र मनपर्ने प्याकहरूको सूची बनाई राख्न सहयोग गर्दछ, जसले आवश्यक सेवामा छिटो पहुँच सुनिश्चित गर्दछ ।

एनसेल एप विदेशमा रहेका नेपाली कामदार तथा यात्रुहरूका लागि पनि महत्त्वपूर्ण डिजिटल सोलुसन साबित भएको छ, जसले लामो होस् वा छोटो बसाइका बेलामा ग्राहकहरूलाई रोमिङमा पनि सजिलै रिचार्ज गर्न, प्याक किन्न, र आफ्नो एनसेल सिम सहजरूपमा प्रयोग गर्न सहयोग पुर्‍याएको छ ग्राहकहरूले गुगल प्ले स्टोर वा एप्पल एप स्टोरमार्फत एनसेल एप डाउनलोड वा अपडेट गर्न सक्छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्