नेभिगेशन
अर्थतन्त्र

मेटलाइफ र बीमा गोजिमाको सहकार्य

काठमाडौं – मेटलाइफ नेपालले आफ्नो डिजिटल पहुँच विस्तार गर्ने उद्देश्यका साथ, डिजिटल प्लेटफर्म बीमा गोजिमामार्फत पहिचान पाएको नियोअस्योर इन्स्योरेन्स एजेन्ट प्रालिसँग साझेदारी गरको छ । साझोदारीअनुसार ग्राहकलाई मोबाइल एपबाटै सहजरूपमा खरिद गर्न सकिने विशेष बीमा सुरक्षा प्याकेजहरू सार्वजनिक गरेको छ ।

बीमा गोजिमा सदस्यहरूका लागि विशेषरूपमा तयार गरिएको सरल ग्रुप अफिनिटी प्याकेज उपलब्ध हुने छ । केही आधारभूत केवाईसी विवरण भरेर नै ग्राहकले आफ्नो फोनबाटै आवश्यक बीमा सुरक्षा छान्न र खरिद गर्न सक्नेछन्, जसले बीमा लिनु अझ छिटो, सजिलो र पहुँचयोग्य बनाएको कम्पनीको दाबी छ ।

बीमा गोजीमामार्फत सुविधा लिँदा टर्म लाइफ इन्स्योरेन्स, एक्सिडेन्टल डेथ एण्ड पर्मानेन्ट टोटल डीसएबिलिटी, क्रिटिकल इलनेस कभर र एक्सिडेन्टल मेडिकल रिइम्बर्समेन्ट सुरक्षा प्रदान हुनेछ ।

ग्राहकहरूले स्ट्यान्डअलोन टर्म लाइफ योजना वा आफ्ना आवश्यकताअनुसार टर्म लाइफसहित एक्सिडेन्टल डेथ एण्ड पर्मानेन्ट टोटल डिसएबिलिटी, क्रिटिकल इलनेस, वा एक्सिडेन्टल डेथ एण्ड पर्मानेन्ट टोटल डिसएबिलिटी प्लस क्रिटिकल इलनेस प्लस एक्सिडेन्टल मेडिकल रिइम्बर्समेन्ट जस्ता मिश्रित प्याकेजहरू छान्न सक्छन् ।

यस सहकार्यले डिजिटल–फस्र्ट ग्राहकहरूलाई सहज र आधुनिक बीमा यात्राको अनुभव प्रदान गर्दै बीमा सुरक्षणलाई अझ सुलभ बनाउने लक्ष्य राखेको छ । मेटलाइफ नेपाल र बीमा गोजिमा दुवैले सरल, किफायती र सबैले पहुँच पाउने बीमा समाधान विस्तार गर्ने साझा उद्देश्य बोकेको छन्, जसले नेपालको डिजिटल बीमा इकोसिस्टमलाई थप मजबुत बनाउने बताइएको छ ।

मेटलाइफ नेपालका प्रमुख वितरण अधिकृत, अरुणबहादुर बस्नेतले बीमा गोजिमासँगको सहकार्य डिजिटल बीमा पहुँचलाई नयाँ स्तरमा लैजाने महत्त्वपूर्ण कदम भएको बताए ।

नियोअस्योरको महाप्रबन्धक युगेन गौतमले बीमा गोजिमाले गुणस्तरीय जीवन बीमालाई पहिलेभन्दा अझ पहुँचयोग्य बनाउँदै, ग्राहकहरूलाई सूचित निर्णयहरू गर्न र आफ्नो परिवारको भविष्य सुरक्षित गर्न सक्षम बनाउँदै गएको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्