नेभिगेशन
अर्थतन्त्र

सामसङको एआई टीभीमा छुट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजनलाई लक्षित गर्दै सामसङ नेपालले आफ्ना विभिन्न श्रेणीका टेलिभिजनमा आकर्षक छुट तथा एक्सचेञ्ज बोनस योजना सार्वजनिक गरेको छ । यस अफरले प्रिमियम क्यूएलइडी देखि एचडी टीभीसम्मका मोडेलहरूलाई समेट्दै ३३ प्रतिशतसम्म क्यासब्याक तथा सात हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस प्रदान गर्नेछ ।

नोभेम्बर २१ देखि सुरु भएको यो योजना डिसेम्बर ३१ सम्म देशभरका सामसङ अधिकृत विक्रेता स्टोरहरूमा उपलब्ध हुनेछ । ग्राहकहरूले नजिकैको स्टोरमा गई छुट र अफरका विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन् ।

सामसङका ८५ इन्चसम्मका ठूलो स्क्रिन टीभीहरू अत्याधुनिक पिक्चर क्वालिटी र स्मार्ट फिचरसहित उपलब्ध छन्, जसले खेलकुद हेर्दा घरमै स्टेडियम–जस्तो अनुभव प्रदान गर्ने दाबी कम्पनीको छ ।

यसबाहेक, सामसङले विभिन्न सिरिजका टीभीहरूमा ३ वर्षको फुल वारेन्टी प्रदान गरिरहेको छ, जसले उत्पादनसम्बन्धी सम्भावित समस्यामा उपभोक्तालाई थप आत्मविश्वास दिलाउँछ ।

सामसङले हुलास फिनसर्भ हायर पर्चेजबाट सञ्चालित इन्स्टाफाइनान्स सेवामार्फत शून्य प्रतिशत ब्याजदरमा होम अप्लायन्स खरिद गर्न सक्नेछन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्