नेभिगेशन
अर्थतन्त्र

एनआईसी एशियाले नेपाल पे कार्ड जारी गर्ने

काठमाडौं – एनआईसी एशिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यले नेपाल पे कार्ड जारी गर्ने भएको छ । बैंकले यस सम्बन्धमा नेपाल क्लियरीङ हाउस लिमिटेड (एनसीएचएल) सँग रणनीतिक सम्झौता गरेको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) को रूपमा इजाजत प्राप्त एनसीएचएलद्वारा सञ्चालित स्वदेशी कार्ड योजना अन्तर्गतको नेपाल पे कार्ड ग्राहकलाईजारी गर्न बैंक प्रमुख साझेदार बनेको छ । बैंकलाई एनसीएचएलको राष्ट्रिय कार्ड स्वीचको प्रमुख साझेदारका रूपमा स्थापित गरेको छ ।

यस सम्झौताले बैंकलाई नेपालको राष्ट्रिय भुक्तानी स्वीचमा पूर्णरूपमा एकीकृत हुन मद्दत गर्नुको साथै स्वदेशी कार्डका रूपमा परिचित नेपाल पे कार्ड जारी गर्न बाटो खुलाएको छ । साथै, देशभरका पीओएस र एटीएम नेटवर्कहरूमार्फत गरिने कारोबारहरू राष्ट्रिय शुल्क संरचनाअन्तर्गत रहने सुनिश्चिततासमेत गर्ने  सम्झौतामा उल्लेख छ ।

सम्झौताले बैंकका ग्राहकहरूलाई आधुनिक, भरपर्दो र राष्ट्रिय मापदण्डको स्वदेशी कार्ड सेवामा पहुँच सुनिश्चित गरी डिजिटल बैंकिङप्रति बैंकको दृढ प्रतिबद्धतालाई टेवा दिने विश्वास बैंकले लिएको छ ।

नेपाल पे कार्डमार्फत डिजिटल भुक्तानी गर्दै  देशमा वित्तीय पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुग्ने बैंकले विश्वास लिएको छ । साथै, डोमेस्टिक कार्ड स्किम योजनामा यस बैंकका ग्राहकहरूको सक्रिय सहभागिताले सरल र सहज बैंकिङ सेवा पहुँच पुर्‍याउनुका साथै देशमा नगददर हित अर्थतन्त्रको विकास गर्न समेत टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्