नेभिगेशन
अर्थतन्त्र

हुन्डाई टक्सनमा काठमाडौं– कन्याकुमारी सफर

काठमाडौं – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले काठमाडौंदेखि कन्याकुमारीसम्मको विशेष सडक यात्रामा निस्किएका तीन नेपाली यात्रुप्रति खुसी व्यक्त गरेको छ । टोलीमा अटो इन्थुजियास्ट आवासिस ओझा, बैंकर विजय कसाजू र अमेरिकामा बसोबास गर्दै आएका नीरज पोखरेल छन् । उनीहरूले १३ दिनमा करिब आठ हजार किलोमिटर यात्रा पूरा गर्नेछन् ।

मंसिर १७ देखि मंसिर २९ गतेसम्म चल्ने यात्रामा उनीहरूले विजय कसाजूको हुन्डाई टक्सन प्रयोग गरेका छन् । उनीहरूले दैनिक ८ देखि १९ घण्टासम्मको लामो यात्रा गर्नेछन् ।

हुन्डाई टक्सन आफ्नो अल–व्हील ड्राइभ क्षमता, उच्च ग्राउन्ड क्लियरेन्स, र बलियो बनावटका कारण मिश्रित सडक अवस्थाहरूमा लामो भू–भागको यात्राका लागि उपयुक्त मानिन्छ । टक्सनको भित्री भागमा फराकिलो क्याबिन र लामो समय सडकमा रहँदा यात्रुहरूलाई आराम दिनका लागि भेन्टिलेटेड सिटहरू उपलब्ध छन् । यसका अतिरिक्त, आवश्यक परे आरामका लागि यात्रीहरूले पछाडिको सिटमा क्याराभान शैलीको विश्रामको व्यवस्था पनि बनाएका छन् ।

यस स्तरका सडक यात्राहरूले नेपाली यात्रुहरू बीचको साहसिक भावनालाई उजागर गर्नुका साथै सीमापार पर्यटन, सांस्कृतिक आदानप्रदान र सडक गतिशीलता चेतनालाई प्रवर्धन गर्न मद्दत गर्दछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्