नेभिगेशन
नेपाल

न्यानो खोज्ने उपक्रम

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बिहीबार धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा तथा उँधौली पर्व मनाइएको छ । मंसिरमा भित्र्याएको नयाँ धानको चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा र नेवार समुदायले योमरी बनाएर चढाउने परम्परा छ । नयाँ धान भित्र्याएको खुसियालीमा उपत्यकालगायत देशभरका नेवार समुदायले योमरी पूर्णिमा पर्वका साथै राष्ट्रिय ज्यापु दिवस मनाएका छन् भने किरात समुदायले उँधौली पर्व मनाएका छन् । लेकको चिसो छल्न बेंसी झर्ने बेलालाई पर्वका रुपमा मनाउने गरिएको छ । तस्बिरमा उपत्यकामा विभिन्न स्थानमा योमरी पुन्ही र उँधौली मनाइँदै । तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्