नेभिगेशन
अर्थतन्त्र

सिटिजन्सलाई बैंक अफ द इयर २०२५

काठमाडौं – सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेडले बैंक अफ द इयर २०२५ अवार्डबाट सम्मानित भएको छ । लण्डनमा गत बुधबार दि फाइनान्सियल टाइम्सद्वारा आयोजित कार्यक्रममा बैंकका सञ्चालक समिति अध्यक्ष प्रवलजंग पाण्डे र प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेललाई संयुक्त रूपमा अवार्ड प्रदान गरिएको हो ।

यो अवार्ड बैंकले लगातार दोस्रो वर्ष प्राप्त गरेको हो । कार्यक्रममा १२५ भन्दा बढी देशका बैंक प्रतिनिधि तथा चार सय जनाभन्दा बढी सहभागी थिए । अध्यक्ष पाण्डेले भने, ‘यसले हामीलाई उत्कृष्ट, जिम्मेवार र ग्राहकमैत्री बैंकिङ सेवा प्रदान गर्न हौंसला मिलेको छ ।’ सीइओ पोखरेलले अवार्डजस्तो उपलब्धि कर्मचारीको मिहिनेत र सरोकारवाला निकायहरूको सहयोगले सम्भव भएको बताए । उनले भने, ‘आगामी दिनमा सुशासन, प्रुडेन्ट बैंकिङ र हरित बैंकिङमा थप बल दिनेछौं ।’ सिटिजन्स बैंकले भर्चुअल क्रेडिट कार्ड, जेन– जी सेभिङ अकाउन्ट, डिजी बैंक प्लेटफर्म र फ्रिलान्सर सेविङ्ज अकाउन्ट जस्ता नवीनतम सुविधाहरू ल्याएको छ । मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने, र क्रस बैंक टेलर सुविधा उपलब्ध गराएको छ । बैंकले २०० शाखा, १६९ एटीएम र ४२ शाखारहित इकाइमार्फत १९ लाख ५६ हजार ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्