नेभिगेशन
दृष्टिकोण

प्रकाशकीय

न्यूज 24 दैनिक आजदेखि पाठकमाझ प्रस्तुत भएको छ । हामीले आजको दिन न्यूज 24 मिडिया ग्रुपका लागि मात्र होइन समग्र नेपाली सञ्चार क्षेत्रका लागि विशेष क्षणका रूपमा लिएका छौं । सत्य, तथ्य, निष्पक्ष र जनताको पक्षमा पत्रकारिता गर्ने दृढ संकल्पका साथ हामीले यो पत्रिका पाठकमाझ ल्याएका हौं । हामी सधैं जनताको आवाज बन्न प्रतिवद्ध छौ ।

anil-Joshi-1755513672.jpg
- अनिल जोशी

न्यूज 24 टेलिभिजनको सफलतापछि हामीले छापा माध्यमलाई समेत प्राथमिकतामा राख्दै आजबाट न्यूज 24 राष्ट्रिय दैनिक पत्रिका प्रकाशनमा ल्याएका हौं । स्थापनाको १६औं वर्षको यात्रामा रहेको न्यूज 24 टेलिभिजनले अभ्यास गर्दै आएको नेपाली खबर माध्यमको फरक पत्रकारितालाई छापा माध्यममा पनि कायम राख्दै जाने प्रतिबद्धता व्यक्त गर्दछौं ।

जिम्मेवार समाचार, समसामयिक विश्लेषण र जनपक्षीय दृष्टिकोणसहित अब हामी प्रत्येक दिन हरेक बिहान तपाईंको ढोका ढकढक्याउनेछौं । प्रविधिको तीव्र विकासले सहजै समाचारमाथिको पहुँच बन्दै गए पनि छापा माध्यममार्फत हामी अगाडि आएका हौ । यसको अर्थ तत्कालको सूचना मात्र होइन समाचार भरपर्दो र संग्रहणीय पनि बन्ने हाम्रो धारणा हो । 

यो यात्रामा तपाई पाठकको विश्वास, सुझाव र आलोचना नै हाम्रा लागि ऊर्जा हुनेछ । यसको भविश्य सुनिश्चित गर्नका लागि सम्पूर्ण पाठक, विज्ञापनदाता र शुभचिन्तकहरूको साथ पाउने आशा राखेका छौ । 

- अनिल जोशी
अध्यक्ष, न्यूज 24 दैनिक

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण