नेभिगेशन
राजनीति

देउवा–ओली भेटको अर्थ

काठमाडौं , मंसिर १९
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि पहिलो पटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । शुक्रबार ओलीले देउवालाई उनको महाराजगञ्जस्थित भाडाको निवासमा भेट गरेका हुन् । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित निवासमा आगजनी भएपछि देउवा भाडाको घरमा बस्दै आएका छन् ।  

भेटमा पछिल्लो राजनीतिक अवस्था र निर्वाचनका बारेमा छलफल भएको देउवाको सचिवालयले जनाएको छ । जेनजी आन्दोलनअघि एमाले र कांग्रेसबीच सत्ता साझेदारी थियो । ओलीपछि देउवा प्रधानमन्त्री बन्ने सहमति थियो । जेनजी आन्दोलनपछि भदौ २४ गते ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । 

भदौ २४ गते बूढानीलकण्ठमा सभापति देउवामाथि आक्रमण भएको थियो । देउवा सिंगापुरमा उपचारमा रहँदा टेलिफोनमा सम्पर्क भएको बताएका ओली शुक्रबार आफैँ भेटका लागि पुगेका हुन् । 

देउवाले कांग्रेस नेतृत्वमा अब दाबा नगर्ने बताइरहँदा ओली आसन्न महाधिवेशनमा अध्यक्ष दोहो¥याउने तयारीमा छन् । ओली र देउवाको भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्