नेभिगेशन
राजनीति

मधेश प्रदेशका मुख्यमन्त्री पदमा यादव नियुक्त

जनकपुर । नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादव मधेश प्रदेशका मुख्यमन्त्री पदमा नियुक्त भएका छन् ।

मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले यादवलाई शुक्रबार मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

मधेश प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जारी गरेको विज्ञप्तिमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी) सहित छ राजनीतिक दलका ७७ जना प्रदेशसभा सदस्यहरूको समर्थनमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेको पत्रमा उल्लेख छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्