नेभिगेशन
अर्थतन्त्र

स्काई लाइनको शोरूम माइतीघरमा

काठमाडौं – हुलास एल्युमिनियमले आफ्नो प्रिमियम लक्जरी ढोका–झ्याल ब्राण्ड ‘स्काई लाइन’को आधिकारिक शोरूम काठमाडौंको माइतीघरमा सञ्चालनमा ल्याएको छ । सेन्ट जेभियर्स कलेजको अगाडि बिहीबार उद्घाटन गरिएको शोरूमले नेपाली बजारमा ब्राण्डको उपस्थिति औपचारिकरूपमा स्थापित गरेको छ । यहाँ शनिबारसम्म चल्ने तीनदिने ‘स्काई लाइन लञ्च इभेन्ट’मा आगन्तुकहरूले विभिन्न मोडल, डिजाइन र प्रविधियुक्त ढोका– झ्यालको प्रत्यक्ष अवलोकन गर्न सक्नेछन् ।

कम्पनीले आधुनिक प्रविधि, उच्च गुणस्तरका कच्चा पदार्थ र अन्तर्राष्ट्रिय निर्माण मापदण्डअनुसार उत्पादन भएको दाबी गरेको छ । स्काईलाइन ढोका–झ्यालहरू टिकाउ, आकर्षक डिजाइन र प्रिमियम फिनिशका कारण लक्जरी इन्टेरियर र उच्चस्तरका परियोजनाका लागि उपयुक्त रहेको कम्पनीको भनाइ छ । शोरूमले ग्राहकलाई वास्तविक ‘लक्जरी फील’ अनुभव गराउने उद्देश्य राखेको छ ।

स्काई लाइनको विशेषतामा अन्तर्राष्ट्रिय स्तरको एल्युमिनियम प्रोफाइल, दीर्घकालीन टिकाउपन, आधुनिक न्यूनतम डिजाइन, उच्च इन्सुलेसन क्षमता र वास्तुकलासँग मेल खाने सुन्दर बनावट समावेश छन् । कम्पनीले भविष्यमा यो ब्राण्डलाई देशका प्रमुख सहरहरूमा विस्तार गर्ने योजना बनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्