नेभिगेशन
प्रदेश

मधेसमा शपथग्रहण

जनकपुरधाम – मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । मधेश भवनमा आयोजित समारोहबीच उनलाई प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले शपथग्रहण गराएका हुन् । मधेस प्रदेशको छैटौं मुख्यमन्त्री नियुक्त यादवलाई कांगे्रस, जसपा नेपाल, लोसपा नेपाल, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनमत पार्टीका प्रदेश सांसद गरी ७७ जनाको समर्थन छ ।

सोही समारोहमा नवनियुक्त तीन जना मन्त्रीलाई पनि शपथग्रहण गराइएको छ । जनमत पार्टीबाट अर्थमन्त्रीमा महेशप्रसाद यादव, कांग्रेसबाट विनाविभागीय मन्त्रीमा जगीलाल राय र नेपाली कम्युनिष्ट पार्टीबाट विनाविभागीय मन्त्रीमा कनिश पटेल नियुक्त भएका हुन् । उनीहरूलाई पनि प्रदेश प्रमुख कर्णले शपथग्रहण गराएका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्