नेभिगेशन
अर्थतन्त्र

सिद्धार्थ बैंकले ल्यायो ‘भर्चुअल क्रेडिट कार्ड’

काठमाडौं – सिद्धार्थ बैंक लिमिटेडले आफ्नो विद्युतीय सेवाहरूलाई थप सुदृढ र पहुँचयोग्य बनाउन फोनपे भुक्तानी सेवासँगको साझेदारीमा पूर्ण डिजिटल क्रेडिट कार्ड ‘सिद्धार्थ फोनपे भर्चुअल क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ ।

कार्ड नेपाल प्रिमियर लिग (एनपीएल)को अवसरमा आयोजित अन–ग्राउन्ड कार्यक्रममा सार्वजनिक गरिएको बैंकले जनाएको छ । कार्डमार्फत ग्राहकले भौतिक कार्ड नभइकन १८ लाखभन्दा बढी फोनपे क्यूआर व्यापारीहरूमा छिटो, सुरक्षित र सम्पर्करहित भुक्तानी गर्न सक्नेछन् ।

डिजिटल रूपमा सक्रिय ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राखेर तयार पारिएको यस कार्डले तुरुन्त सक्रियता, तत्काल नियन्त्रण तथा उच्च सुरक्षा प्रदान गर्ने बैंकले जनाएको छ । ग्राहकहरूले मो बाइल बैंकिङ एपमार्फत कार्डको आवेदन दिन, प्राप्त गर्न र सक्रिय गर्न सक्नेछन् । साथै एपमार्फत सीमा व्यवस्थापन, कार्ड लक तथा अनलक, स्टेटमेन्ट जाँच, भुक्तानी र अन्य व्यवस्थापन कार्यहरू पनि गर्न सक्नेछन् ।

सिद्धार्थ फोनपे क्रेडिट कार्डको विशेष लन्च अवसरमा, ग्राहकहरूले यस भर्चुअल क्रेडिट कार्डमार्फत गरिने प्रत्येक कारोबारमा ५० प्रतिशत क्यासब्याक प्राप्त गर्नेछन् । कुल क्यासब्याक अधिकतम ७५० रुपैयाँ सम्मको हुनेछ, जसमा सदस्यता शुल्क समायोजन गरिने बैंकले जनाएको छ । यो अफर २०२६ जनवरी ७ सम्म रहने जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्