नेभिगेशन
नेपाल

पूर्वराजदूत श्रेष्ठको निधन

पूर्वराजदूत प्रोफेसर सुरेन्द्रबहादुर श्रेष्ठको निधन भएको छ । साउदी अरेबियाका लागि पूर्वनेपाली राजदूत ८९ वर्षीय श्रेष्ठको उपचारका क्रममा ललितपुरस्थित मेडिसिटी अस्पतालमा शनिबार निधन भएको हो ।

भारतको इलाहावाद विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका श्रेष्ठले पाटन संयुक्त क्याम्पस, त्रिचन्द्र कलेज र त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा अध्यापन गरेका थिए । सरस्वती कलेजका संस्थापकमध्येका एक श्रेष्ठ तत्कालीन लुम्बिनी र कोसी अञ्चलको अञ्चलाधीश तथा विश्व सम्बन्ध परिषद्का अध्यक्ष पनि रहेका थिए । तत्कालीन विकेन्द्रीकरण आयोगमा काम गरेको अनुभव सम्हालेका उनले विसं २०३७ पछि गठित संविधान आयोगको सदस्य भएर काम गरेका थिए ।

नेपाल प्रशासनिक प्रतिष्ठानका उपनिर्देशकबाट सरकारी सेवामा प्रवेश गरेका श्रेष्ठले अमेरिकका विभिन्न विश्वविद्यालयका भिजिटिङ प्रोफेसरका रुपमा एक वर्षभन्दा बढी समय काम गरेका छोरा सञ्जयले बताए । उनको पार्थिव शरीर सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । उहाँका श्रीमती र दुई छोरा छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्