नेभिगेशन
विश्व

ग्रीसमा १८ आप्रवासी मृतको अनुसन्धान सुरु

एथेन्स । ग्रीसको दक्षिणी तट नजिक क्रेट टापु वरिपरि एक डुंगामा १८ आप्रवासी मृत भेटिएका छन् भने दुई जनाको उद्धार गरिएको छ ।

ग्रीसको सार्वजनिक प्रसारक ईआरटीका अनुसार, डुंगा इरापेट्रा शहरदेखि करिब ४८ किलोमिटर दक्षिणमा फेला परेको थियो । मृतक १८ जनाको शव डुंगाभित्रै भेटिएको छ । प्रारम्भिक जानकारी अनुसार, लामो समयसम्म खराब मौसमका बेला डुंगामा रहँदा, खाना नपाउँदा र चिसोका कारण उनीहरूको मृत्यु भएको हुनसक्ने बताइएको छ ।

उद्धार गरिएका दुई व्यक्तिले अधिकारीहरूलाई बताएअनुसार, खराब मौसमका कारण उनीहरू घण्टौंसम्म सुरक्षित स्थानमा पुग्न संघर्ष गरिरहेका थिए । उक्त घटनाबारे ग्रीसका अधिकारीहरूले अनुसन्धान सुरु गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्