नेभिगेशन
विश्व

गाजामा दोस्रो चरणको युद्धविराम छिट्टै सुरू हुने

जेरूसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार गाजामा अमेरिकाद्वारा प्रायोजित युद्धविराम योजनाको दोस्रो चरण चाँडै सुरु हुने घोषणा गरेका छन् । उनले गाजामा पहिलो चरणको युद्धविरामको मूल्याङ्कन र अन्य समसामयिक बिषयमा यसै महिना राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरी छलफल गर्ने नेतन्याहुको कार्यालयले जानकारी गराएको छ । अक्टोबर १० देखि लागू भएको युद्धविरामले सन् २०२३ अक्टोबर ७ मा इजरायलमा हमासको घातक आक्रमणपछि सुरु भएको युद्ध रोकिएको छ । युद्धविरामका सर्तमा प्यालेस्टिनी लडाकुहरूले सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणमा कब्जा गरिएका बाँकी ४७ जीवित र मृत बन्दीहरूलाई रिहा गर्ने उल्लेख गरिएको थियो । एक इजरायली प्रहरी अधिकारीको शवबाहेक बन्धकहरूलाई अहिलेसम्म रिहा गरिएको छ ।

गाजा युद्धविराम योजनाको दोस्रो चरण हमासलाई निशस्त्र गर्ने, सङ्क्रमणकालीन प्राधिकरण स्थापना गर्ने र अन्तर्राष्ट्रिय स्थायित्वका लागि सुरक्षा संरचनाको गठन गर्ने र गाजामा तैनाथ गर्ने सम्झौतामा प्रस्ताव गरिएको छ। प्रस्तावलाई हमासले स्वीकार गरेको छैन ।

जेरुसेलममा जर्मन चान्सलर फ्रेडरिक मर्जसँगको भेटपछि बोल्दै नेतान्याहूले भने, ‘हामी चाँडै नै दोस्रो चरणमा प्रवेश गर्ने अपेक्षा गरेका छौँ, पक्कै पनि यो चरण अझ कठिन हुनेछ ।’ नेतान्याहुले यस क्षेत्रमा ‘शान्तिका अवसरहरू’ बारे छलफल गर्न डिसेम्बरको अन्त्यमा ट्रम्पसँग भेट गर्ने पनि बताएका छन् । अमेरिकी प्रधानमन्त्री डोनाल्ड ट्रम्पले नेतान्याहूलाई ह्वाइट हाउसमा आमन्त्रण गरेको र वासिङ्टनमा भेटवार्ता गर्ने अपेक्षा गरिएको प्रधानमन्त्री नेतन्याहुको कार्यालयले सोमबार जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्