नेभिगेशन
अर्थतन्त्र

‘यामाहा ब्लू क्याम्प’ सर्भिस सप्ताह घोषणा

काठमाडौं – एमएडब्लू राइड्स प्रालि अन्तर्गतको यामाहा नेपालले ग्राहक सन्तुष्टिलाई केन्द्रमा राख्दै एक सातासम्म चल्ने देशव्यापी सर्भिस अभियान ‘यामाहा ब्लू क्याम्प’ सुरु गरेको छ । मंसिर २१ देखि २७ गतेसम्म सञ्चालन हुने यो क्याम्पमा देशभरका आधिकारिक यामाहा सर्भिस सेन्टरहरूबाट विशेष छुटसहित प्रिमियम सर्भिस सुविधा उपलब्ध गराइनेछ ।

विश्वस्तरीय आफ्टर–सेल्स सेवा प्रवद्र्धन गर्ने  उद्देश्यसहित ल्याइएका यी सुविधाले यामाहा मोटरसाइकल तथा स्कुटरको उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्ने  कम्पनीको लक्ष्य रहेको बताइएको छ ।

ग्राहकले निःशुल्क बाइक वाश, १५– प्वाइन्ट विस्तृत चेकअप, यामाल्यूबमा १५ प्रतिशत छुट, स्पेयरपार्टसमा १० प्रतिशत र लेबर चार्जमा ५० प्रतिशत छु, निःशुल्क एएमसी कार्ड सुविधा पाउनेछन् । यससँगै, सात दिनसम्म दैनिक एक भाग्यशाली ग्राहकले आफ्नो कुल मर्मत बिलमा एक सय प्रतिशत क्यासब्याक प्राप्त गर्ने छन् ।

यामाहा ब्लू क्याम्पमा ‘नो योर बाइक’ सेसन पनि रहनेछ, जहाँ प्राविधिक प्रमुखले प्रत्येक ग्राहकलाई आफ्ना मोटरसाइकल/स्कुटरका फिचर, मर्मत आवश्यकता तथा प्राविधिक पक्षबारे प्रत्यक्ष जानकारी प्रदान गर्ने छन् । साथै, ‘सेफ्टी राइड सेसन’ मार्फत सुरक्षित र जिम्मेवार सवारीका व्यवहारिक सुझावहरू दिइनेछ ।

ग्राहकहरूले एएमसी खरिदमा विशेष अफर, सरप्राइज गिफ्ट तथा अनलाइन बुकिङमार्फत यामाहा एक्सप्रेस सर्भिसको सुविधा पनि पाउनेछन् । अग्रिम बुकिङ गर्ने  ग्राहकहरूलाई प्राथमिकता दिइने यामाहाले जनाएको छ ।

अभियानबारे बोल्दै एमएडब्लू राइड्स प्रालिका कार्यकारी निर्दे शक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले भने, ‘यामाहाले सधैँ गुणस्तर, विश्वसनीयता र उत्कृष्ट सेवामार्फत ग्राहकसँग दीर्घकालीन विश्वास कायम गर्दै  आएको छ। ‘यामाहा ब्लू क्याम्प’ हाम्रो ग्राहकको सुरक्षा, सन्तुष्टि र मानसिक शान्ति सुनिश्चित गर्ने  उद्देश्यले तयार गरिएको एक परिष्कृत सर्भिस पहल हो ।’

जापानी इन्जिनियरिङ, विश्वसनीय सवारी र ग्राहक–केन्द्रित सेवामार्फत बजार नेतृत्व गर्दै  आएको यामाहा नेपालका अनुसार, देशभरका सबै आधिकारिक यामाहा सर्भिस सेन्टरमा यो अफर लागू हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्