नेभिगेशन
अर्थतन्त्र

भिभो एक्स३०० बजारमा आउँदै

काठमाडौं – मोबाइल इमेजिङमा निरन्तर नयाँ स्तर स्थापित गर्दै आएको भिभो अब आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन भिभो एक्स३०० प्रो नेपाली बजारमा ल्याउने तयारीमा छ । सामाजिक सञ्जालमा सार्वजनिक गरिएका आधिकारिक टिजरहरू र नेपाल प्रिमियर लिग (एनपीएल) मार्फत गरिएको प्रोमोसनसँगै, नयाँ डिभाइस प्रतिको उत्सुकता देशभर तीव्र बन्दै गएको छ ।

जाइससँगको सहकार्यमा विकसित भिभो एक्स३०० प्रोले नेक्स्ट–जेन इमेजिङ र नयाँ ओरिगिन ओएस् ६ सहित नेपाली बजारमा प्रवेश गर्ने लक्ष्य राखेको छ ।

जीवन्त, प्राकृतिक र भावनात्मक क्षणहरू क्याप्चर गर्न चाहने प्रयोगकर्तालाई ध्यानमा राखेर भिभोले जाइससँगको सहकार्यमा टेलिफोटो स्पष्टता र लो– लाइट क्षमतामा उल्लेखनीय सुधार गर्ने अत्याधुनिक प्रविधिहरू समावेश गरेको छ । २०० मेगापिक्सेल क्यामेरा यसको मुख्य आकर्षण हो ।

डिभाइसको इमेजिङ सेटअपमा थपिएको ५० मेगापिक्सेल जाइस वाइड–एंगल फ्रन्ट क्यामराले सेल्फी तथा ग्रुप फोटो लाई अझ स्पष्ट, फराकिलो र प्रभावकारी बनाउनेछ । भिभो एक्स३०० प्रोले प्रो इमेजिङ चिप भियस् वन र संयुक्त रूपमा परिभाषित डाइमेन्सिटी ९५०० चिपसेटसहित परिचालन हुनेछ ।

इमेजिङ क्षमताभन्दा बाहिर, भिभो एक्स३०० प्रोले डिउराबिलीटी साइडमा पनि प्रिमियमनेसमा उत्तिकै ध्यान राखेको छ । प्रारम्भिक सूचनाअनुसार, डिभाइसमा आर्मोर गलासको प्रयोग गरिएको छ, जसले स्क्र्याच तथा ड्रपबाट उच्च सुरक्षा प्रदान गर्ने अपेक्षा गरिएको छ । लामो समयको प्रयोगलाई लक्षित गर्दै, भिभोले यसमा ६५१० ब्लु वल्ट ब्याट्री र ९० वाट फ्ल्यास चार्जको संयोजन राखेको छ, जसले द्रुत चार्जिङसँगै भरपर्दो पावर ब्याकअप सुनिश्चित गर्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्