नेभिगेशन
अर्थतन्त्र

लामिनारको घर सजावट मेक–ओभर अभियान

काठमाडौं – लामिनार भिट्रिफाइड टायलले नेपालमै पहिलोपटक कोठा तथा बाथरूम मेक–ओभर दिने उद्देश्यसहित ‘लामिनार – मेरो सपनाको घर’ नामक विशेष घर सजावट अभियान सार्वजनिक गरेको छ । अभियानको सिर्जनात्मक नेतृत्व मिस नेपाल–२०१६ तथा इन्टेरियर डिजाइनर अस्मी श्रेष्ठले गरिरहेकी छिन् ।

अभियानमार्फत दुई नेपाली परिवारले आफ्नो घरको एक कोठा तथा एक बाथरूम पूर्णरूपमा निःशुल्क रूपान्तरण गराउन सक्नेछन् । यो मेक–ओभर प्रतिष्ठित डिजाइन तथा लाइफस्टाइल ब्रान्डहरूको सहकार्यमा मेटलवुड फर्निचर, ब्रिलियन्ट लाइटिङ तथा इम्पाओरियस फर्निसिङ्स कार्यान्वयनमा आउनेछ । यो अभियानमा ३० सेकेन्डदेखि तीन मिनेटसम्मको भिडियो बनाएर आफ्नो कोठा, बाथरुमलाई किन मेकओभर चाहिन्छ भन्ने कुरा देखाई सहभागी हुन सकिनेछ । सहभागी हुन टिकटक, इन्स्टाग्राम तथा फेसबुकमा पोस्ट गर्नुपर्छ र लामिनारटाइल्सलाएई ह्यासट् याग गर्नुपर्नेहुन्छ । यसरि प्रविष्ट भएका भिडियोहरूको मुल्यांकन हुने र विजेताको छनौट कथाको प्रस्तुति आवश्यकता, रचनात्मकता र इन्गेजमेन्टका आधारमा गरिने कम्पनीले जनाएको छ । प्रत्येक विजेताले घर मेक–ओभर प्याकेजमा प्रिमियम सामग्री, पूर्ण इन्टेरियर डिजाएन, टर्नकी कार्यान्वयन र फोटो भिडियो डकुमेन्टेशन प्राप्त गर्न सक्नेछन् । भिडियो जनवरी २ सम्म पठाउनुपर्नेछ भने विजेता घोषणा जनवरी ७ मा हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्