नेभिगेशन
अर्थतन्त्र

सन् नेपाल लाइफका तीन शाखा स्थानान्तरण

काठमाडौं – सन् नेपाल लाइफ इन्स्योरेन्सले नारायणी क्षेत्रमा रहेका तीनवटा शाखा कार्यालय स्थानान्तरण गरेको छ । इन्स्योरेन्सले रत्ननगर नगरपालिका वडा नम्बर २ टांडी स्थित शाखा, भरतपुर महानगरपालिका वडा नम्बर २ नारायणघाट शहिदचोक स्थित शाखा र वडा नम्बर १८ चनौली शाखालाई नयाँ र आधुनिक संरचनामा सारिएको जनाएको छ ।

नयाँ स्थानबाट इन्स्योरेन्सले विद्यमान र नयाँ पोलिसी होल्डरहरूलाई अझ छरितो, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने योजना बनाएको जनाएको छ ।

स्थानान्तरणको अवसरमा आयोजित उद्घाटन समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, प्रमुख बजार अधिकृत गणेश चौलागाई, प्रदेश प्रमुख ईश्वर बिकल सापकोटा, साथै सम्बन्धित शाखा प्रबन्धक र कम्पनीका कर्मचारीहरूको उपस्थिति थियो ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले ग्राहकसम्म प्रभावकारी सेवा पुर्याउन संरचनागत सुधार अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै, शाखा स्थानान्तरणलाई ग्राहकमैत्री सेवा सुनिश्चित गर्ने दिशामा एक महत्वपूर्ण कदम भएको बताए । उनले यस परिवर्तनलाई कम्पनीको दीर्घकालीन योजनामा एक नयाँ दिशा प्रदान गर्ने कदमको रूपमा लिएका छन् ।

त्यसैगरी, प्रमुख बजार अधिकृत गणेश चौलागाईले नयाँ शाखाहरूमा छिटो सेवा, सुलभ काउन्टरहरू, डिजिटल अभिलेख प्रणाली र सहज ग्राहक मार्गदर्शनका माध्यमबाट ग्राहक सन्तुष्टि बढाउने विश्वास व्यक्त गरे ।

सन् नेपाल लाइफ इन्स्योरेन्सले सधैं संस्थागत सेवा गुणस्तर, पारदर्शिता र ग्राहकको हितलाई प्राथमिकतामा राखेर देशभर आफ्ना सेवा विस्तार गर्दै आएको छ । कम्पनीले हालसम्म देशभर १४८ शाखा र उप–शाखा मार्फत जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्