नेभिगेशन
अर्थतन्त्र

नेपाल बैंक र क्यूरा हेल्थबीच सम्झौता

काठमाडौं – नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकले ललितपुरको ज्वागलमा रहेको क्यूरा हेल्थ प्रालिमा छुट पाउने भएका छन् । बैंक र क्यूरा हेल्थबीच ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौता बमोजिम बैंकका ग्राहकलाई प्याथोलोजि ल्यावले दिने विभिन्न सेवाहरू लगायत स्याम्पल कलेक्सनको लागि निःशुल्क होम डेलिभरीको सुविधा र विभिन्न हेल्थ प्याकेजमा लाग्ने शुल्कहरूमा बिल रकमको १२ देखि २५ प्रतिशतसम्म छुट उपलब्ध हुने बैंकले जनाएको छ ।

सम्झौता पत्रमा गत शुक्रबार बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र क्यूरा हेल्थ प्रालिको तर्फबाट प्रबन्धक शीतलप्रसाद पोखरेलले हस्ताक्षर गरेका छन् ।

यो सम्झौतापछि नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरू क्यूरा हेल्थको ल्याबबाट प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्यसेवाबाट लाभान्वित हुन सक्नेछन् । बैंकले यसअघि पनि विभिन्न क्षेत्रका व्यवसाय तथा स्वास्थ्य सेवासँग सम्बन्धित संस्थाहरूसँग यस किसिमको छुट उपलब्ध गराउने सम्बन्धमा साझेदारी गर्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र