नेभिगेशन
अर्थतन्त्र

केएल टावरको दशैं उपहारमा रबिले जिते स्कुटर

काठमाडौं – काठमाडौँको चाबहिस्थित केएल टावरले दशैंतिहारको अवसरमा आयोजना गरेको ‘रमाइलो दशैं तिहार उपहार योजना’ का विजेतालाई उपहार प्रदान गरेको छ ।

शनिबार आयोजित समारोहमा विजेताहरूलाई उपहार प्रदान गरिएको केएल टावरले जनाएको छ । गत असोज १ देखि कात्तिक ३० गतेसम्म सञ्चालन गरिएको सो योजना अन्तर्गतको बम्पर उपहार कुपन नम्बर १४७७१ का रबिल तामाङले जितेका हुन् । तामाङलाई सिजी मोटर्स प्रालि (हिरो) का रिजनल म्यानेजर सुवास केसीले स्कुटरको चाबी हस्तान्तरण गरेको टावरले जनाएको छ ।

उपहार योजनामा दैनिक तथा साप्ताहिक योजनाअन्तर्गत विभिन्न उपहार राखिएको थियो भने १ जना भाग्यशाली ग्राहकलाई बम्पर उपहारस्वरूप हिरो ब्रान्डको जुम स्कुटर र अर्को एक जनालाई दोस्रो उपहार स्वरुप ५ रात ६ दिनको थाइल्याण्ड भ्रमण जित्ने मौका दिइएको थियो । जसमा मोरङको पथरीकी डेजिना लिम्बुले थाइल्याण्ड भ्रमण गर्ने अवसर पाएकी छिन् । उनलाई एशियन एक्सपिडिसन ट्राभल्सका सञ्चालक इश्वर ढकालले थाइल्याण्ड भ्रमणको कागजात हस्तान्तरण गरे ।

यस्तै, दैनिक तथा साप्ताहिक योजनामा सहभागी भई गोलाप्रथामार्फत् विजेता बनेका ४४ जनालाई अल्टिमा लाइफस्टाइलका घडी तथा एयर बड्स, बाल्ट्राका घरायसी उपकरण, सफारी ब्रान्डका लगेज तथा ब्याग, वितरण गरिएको छ । केएल टावरका प्रमुख कार्यकारी अधिकृत रमेश कक्षपतिले विजेताहरूलाई उपहार हस्तान्तरण गरेका हुन् । केएल टावरका सबै पसल तथा आउटलेटमा कम्तीमा एक हजार रुपैयाँ वा सोभन्दा बढीको सपिङ गर्नेहरूलाई उपहार योजनामा सहभागी गराइएको थियो । सपिङका क्रममा उपलब्ध गराइएका सबै भौचरमध्येबाट गोलाप्रथा गरी विजेता चयन गरिएको हो । सेलिब्रेसन अवधिमा केएल टावरमा करिब साढे २ लाख उपभोक्ता पुगेकामा २० हजारभन्दा बढीले १ हजार रुपैयाँभन्दा बढी मूल्यको सामान खरिद गरी सेलिब्रेसनमा सहभागिता जनाएका थिए ।

बम्पर उपहार विजेता तामाङलाई चाबी हस्तान्तरण गर्दै सिजी मोटर्सका रिजनल म्यानेजर केसीले ब्रान्ड प्रवद्र्धनमा केएल टावरसँग गरिएको सहकार्य फलदायी भएको र आगामी दिनमा यसलाई निरन्तरता दिँदै जाने बताए । यस्तै, केएल टावरका प्रमुख कार्यकारी अधिकृत कक्षपतिले उपभोक्तालाई सबै वस्तु तथा सेवा एकै छानामुनि सुपथ मूल्यमा उपलब्ध गराउन तथा केएल आटवरको व्यापार प्रवद्र्धनका लागि उपहार योजना सञ्चालन गरिएको बताए । केएल टावरमा सिनेमा हल, बैंङ्क्वेट, रेस्टुरेन्ट, फुड कोर्ट, गेम जोन, १५ वटाभन्दा बढी मल्टिनेसनल ब्रान्ड, इलेक्ट्रोनिक्स तथा मोबाइल आउटलेट, कपडालगायतका ७० वटाभन्दा बढी पसल छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र