नेभिगेशन
राजनीति

‘हावामा भाषण ठोक्दैनौं’

काठमाडौं – धरानका मेयर हर्क सम्पाङले देशलाई विकासको मार्गमा अघि बढाउने दूरदृष्टि आफूहरूसँग भएको दाबी गरेका छन् । श्रम संस्कृति पार्टीले काठमाडौंको सिफलमा सोमबार गरेको चुनावी सभामा उनले आफ्नो पार्टी अन्तिम विकल्प बनेर आएको बताए । काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानबाट समर्थकहरू जुलुससहित सिफल आएपछि पार्टीले संगठन विस्तार तथा पार्टी प्रवेश घोषणा गरेको थियो ।

धरानमा मेयर हर्क साम्पाङले हालै गठन गरेको यो पार्टीले कोशी प्रदेशका ८ ठाउँमा सभा गरिसकेको छ । काठमाडौंमा पहिलो पटक चुनावी कार्यक्रम गरेको हो ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष साम्पाङले भने, ‘अन्तिम विकल्प बनेर तपाईंहरू सामुन्ने हामी आएका छौं । श्रम संस्कृतिसँग छ भिजन । हामी यो देशलाई कसरी परिवर्तन गर्न सक्छौं भन्ने जरादेखिको उपाय छ । हामी त्यतिकै हावामा ३ घण्टा भाषण ठोकेर आफूलाई नेता सम्झदैनौं ।’ उनले आफ्नो पार्टीमा कोही नेता र कोही कार्यकर्ता नहुने भन्दै सबै श्रमदाता रहेको बताए । संगठन विस्तारमा सक्रिय साम्पाङले आफ्नो नामका पछाडि ‘वाद’ जोडेर ‘हर्कवाद’ को एजेन्डालाई पार्टीको मार्गदर्शक सिद्धान्त घोषणा गरिसकेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्