नेभिगेशन
प्रदेश

नागढुंगा–नौबिसे सडक पाँच घण्टा बन्द

काठमाडौं – नागढुंगा–नौबिसे–मलेखु सडक खण्ड दैनिक बन्द गरेर निर्माण गरिने भएको छ । नागढुंगादेखि पिपलामोडसम्म र पोखरेभिर क्षेत्रमा मंसीर २४ गतेदेखि पुस १ गतेसम्म बिहान १०ः३० बजेदेखि अपराह्न ३ः३० बजेसम्म सडक आवागमन बन्द हुनेछ । त्रिभुवन राजपथको सो सडकखण्ड कालोपत्र गरी स्तरोन्नति गर्न सडक बन्द गरिन लागेको हो ।

सो समयमा वैकल्पिक सडक प्रयोग गर्न तथा यात्रा समयलाई सो समयभन्दा अघि वा पछी पार्न सरकारले आग्रह गरेको छ । एम्बुलेन्स, सुरक्षा निकायका सवारी साधन, दमकल, शव वाहन जस्ता सवारीसाधनको आवागमन ट्राफिक प्रहरीबाट सहजीकरण हुने जनाइएको छ । सीतापाइला भिमढुंगा, रामकोट, धार्के सडक, सामाखुसी टोखा–छहरे सडक वैकल्पिक रुपमा प्रयोग गर्न सकिने जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्