नेभिगेशन
प्रदेश

भालुको आक्रमणमा दुई जना घाइते

रसुवा । भालुको आक्रमणबाट दक्षिणी रसुवाको खाल्चेत क्षेत्रमा दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा नौकुण्ड गाउँपालिका– ५ खाल्चेतका ६५ वर्षीय मानबहादुर तामाङ र कालिका गाउँपालिका– ५ डिगाउँका ५० वर्षीय शिवप्रसाद गजुरेल छन् । उनीहरूलाई आइतबार बिहान भालुले आक्रमण गरेको स्थानीय रामप्रसाद पौडेलले जानकारी दिए ।

आफ्नै बारीमा घाँस काटिरहँदा लाङ्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको जंगलबाट निस्केको भालुले आक्रमण गरेको हो । भालुले आक्रमण गरेपछि स्थानीयस्तरमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्