नेभिगेशन
प्रदेश

सरोकारवालाले सुने क्यान्सर जितेकाहरूको अनुभव

काठमाडौं – बेलैमा पहिचान र उपचार हुनसके क्यान्सरको उपचार सम्भव छ । मुलुकमा जसरी विभिन्न उमेर समूहका बालबालिका र प्रौढमा क्यान्सर रोग देखिने क्रम बढेको छ, उपचार पाउँदा निको हुनेको संख्या पनि बढ्दैछ ।

क्यान्सर जितेकाहरूको अनुभव सुन्ने र प्राथमिकसँगै उपचारात्मक पद्धतिलाई कसरी सुदृढिकरण गर्ने भन्ने विषयमा काठमाडौंमा सरोकारवालाले वृहत् बैठक गरेका छन् । कान्ति बाल अस्पतालले आयोजनामा भएको कार्यक्रमलाई र नेपाल चाइल्डहुड क्यान्सर एलायन्स, रमेश गुप्ता मेमोरियल ट्रस्ट तथा वल्र्ड चाइल्ड क्यान्सरद्वारा सञ्चालित एमजेन परियोजनाले सघाएका थिए ।

कार्यक्रममा क्यान्सर जित्न सफल बालबालिका र उनीहरूका अभिभावकले अनुभव सुनाए । स्वास्थ्यकर्मी तथा विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिले उनीहरूका कुरा सुने । पहिलो सत्र सर्भाइभरशिपमा केन्द्रित थियो, जहाँ दुई जना क्यान्सर विजेताले आफ्नो जीवन–यात्रा सुनाए । उनका कथाले सहभागीहरूलाई प्रेरित गर्‍यो । त्यसपछि डा. सानी सिपाइको नेतृत्वमा अभिभावकहरूले उपचारका क्रममा भोगेका कठिनाइ र सफलताका अनुभव खुलाएर बताए । दोस्रो सत्र बालीय प्रशामक सेवामा केन्द्रित थियो । डा. नीशाज्योति श्रेष्ठले नेपालमा उपलब्ध प्यालेटिव केयर सेवाको अवस्था र आवश्यकताबारे जानकारी दिइन् । साथै स्वास्थ्यकर्मीहरूले पीआइसीयू र एनआइसीयूमा तालिमपछि देखिएका सकारात्मक परिवर्तनबारे आफ्ना अनुभव साझा गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्