नेभिगेशन
प्रदेश

जेनजी प्रदर्शनीमा तोडफोड गर्ने २१ जना पक्राउ

सिन्धुली । जेनजी आन्दोलनका क्रममा सिन्धुलीका विभिन्न सरकारी तथा निजी संरचनामा गरिएको आगजनी, तोडफोड र लुटपाटमा संलग्न २१ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, वडा कार्यालयहरू तथा विभिन्न व्यवसायमा तोडफोड र आगजनी गर्नेहरूलाई पक्राउ गरिएको हो । अन्य १० जनाको नाममा पक्राउ पुर्जी जारी गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरूमध्ये केहीको नाम गोप्य राखेर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

प्रहरीले जनाएअनुसार जनेजी प्रदर्शनका क्रममा सरकारी तथा गैरसरकारी कार्यालयहरूमा गरिएको क्षतिको अनुमानित आकडा ९ करोड १८ लाख ४० हजारभन्दा बढी पुगेको छ । सबैभन्दा बढी कमलामाई नगरपालिका तथा वडा नं. ५ र ६ को कार्यालयमा ४ करोड २ ९ लाखभन्दा बढी क्षति पुगेको छ । साथै, जिल्ला प्रशासन कार्यालयमा १ करोड ७६ लाख, जिल्ला अदालतमा १ करोड ६० लाख, जिल्ला समन्वय समिति कार्यालयमा ५८ लाख, कारागार कार्यालयमा २० लाख, करदाता सेवा कार्यालयमा १६ लाख, मालपोत कार्यालयमा १४ लाख र कमलामाई–४ का वडा कार्यालयमा करिब ५ लाख बराबरको क्षति पुगेको विवरण सार्वजनिक गरिएको छ । यसबाहेक विभिन्न राजनीतिक दलका कार्यालय, गैरसरकारी संस्था, शिक्षक संगठन, बार एशोसिएसन तथा पूर्व सांसद, स्थानीय जनप्रतिनिधि र नागरिकका निजी घर–व्यवसाय पनि तोडफोड तथा आगजनीबाट प्रभावित भएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्