नेभिगेशन
प्रदेश

हेटौंडा सडक विस्तारको काम सर्वोच्च आदेशपछि रोकियो

मकवानपुर – हेटौंडा बजारको मुख्य सडक विस्तारका क्रममा घर–पसल भत्काइएपछि प्रभावित स्थानीयहरूले जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका छन् । उनीहरूले संरचना भत्काउँदा जानकारी नदिएको र सर्वोच्च अदालतको आदेशविपरीत काम गरिएको भन्दै नाराबाजी गरेका हुन् । सडक डिभिजन कार्यालयले मंसिर ५ मा सूचना जारी गर्दै रातमाटेदेखि बुद्धचोक हुँदै राप्ती खोला पुलसम्म तथा त्रिभुवन राजपथअन्तर्गत बुद्धचोकदेखि सामरी पुलसम्मको सडकखण्डमा सडकको मध्य भागबाट दायाँबायाँ २५/२५ गजभित्र निर्माण भएका स्थायी र अस्थायी घरटहरा तथा अन्य संरचनाहरू १५ दिनभित्र हटाउन अनुरोध गरेको थियो । समयमै नहटाएको भन्दै सडक डिभिजन कार्यालय हेटौंडाले शनिबार रातोमाटेदेखि बुद्धचोकसम्म करिब ५ सयभन्दा बढी संरचनामा डोजर चलाएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्